२१ साउन, काठमाडौं । चर्चित डन दिनेश
अधिकारी चरी प्रहरीसँगको मुठभेडमा मारिएका छन् । बुधबार अपराहृन प्रहरी
टोलीसँग काठमाडौं र धादिङको सीमामा पर्ने भीमढुंगामा भिडन्त भएको प्रहरीले
जनाएको छ ।
घटनास्थलमा पुगेका महानगरीय प्रहरी अपराध
महाशाखा प्रमुख प्रमुख एसएसपी पुष्कर कार्कीले चरी मारिएको पुष्टि गरेका
छन् । उनका अनुसार चरीमाथि आठ राउण्ड गोली हानिएको थियो ।
प्रहरी टोलीले उनीमाथि आठ राउण्ड गोली
हानेको थियो । उनको पेट र छातीमा गोली लागेको छ । मोटरसाइकलमा सवारी चरी
गोली लागेपछि सडक किनारमा ढलेका थिए ।
चरीले हानेको गोली लागी एक प्रहरी पनि घाइते भएका छन् । घटनास्थलबाट प्रहरीले हतियार बरामद गरेको छ ।
धादिङका राधे भण्डारीमाथि खुकुरी हानेको
अभियोग लागेपछि चरी केही समयदेखि सार्वजनिक रुपमा हिडडुल गरिरहेका थिएनन् ।
चरी काठमाडौं आएको खबरपछि खोजी थालिएको र पछ्याउने क्रममा भीमढुंगामा
पुग्दा मुठभेड भएको बताएको छ ।






hoina hola
ReplyDelete